खबर पालिका
२०७८ माघ २८ गते १४:०८

रौतहट, खबरपालिका
माघ २८÷समाजवादी प्रेस संगठन नेपालको रौतहट अध्यक्षमा मदन ठाकुर सर्वसम्मत चयन भएका छन् । संगठनको गरुडामा भएको पहिलो जिल्ला अधिवेशनले ठाकुरको अध्यक्षतामा २१ सदस्यीय कार्य समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णा तिवारी र इन्दूदेवी मिश्र, सचिवमा राकेशकुमार यादव, सहसचिवमा रुपेन्द्र पटेल र राजेश पासवान तथा कोषाध्यक्षमा रौशनकुमार चौधरी रहेका छन् । समितिमा संजयकुमार मिश्र, उमेश यादव, मनोजकुमार मुखिया, अजितकुमार कर्ण, प्रदीप दास तत्मा, मुकेश यादव, विदुर झा, विमलेश झा लगायतका रहेका छन् । समितिको बाँकी सदस्यमा कार्य समितिको पहिलो बैठकबाट मनोनयन गर्ने निर्णय भएको अध्यक्ष ठाकुरले जानकारी गराएका छन् । गरुडामा भएको संगठनको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका पोलिट ब्युरो सदस्य रामकुमार भट्टराईले पत्रकारको कलमले कसैलाई नघोचोस्, कसैलाई पनि चोट नपु¥याओस्, निष्पक्ष लेखोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । कार्यक्रमलाई शुभकामना दिँदै नेकपा एसका रौतहट अध्यक्ष कमल राय यादवले निर्भीकताका साथ निष्पक्ष भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् ।संगठनका जिल्ला संयोजक मदन ठाकुरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष तथा संगठनका केन्द्रीय सदस्य प्रेमचन्द्र झा, शैलेन्द्र गुप्तालगायतले शुभकामना मन्तव्य दिँदै सर्वसम्मत र ऊर्जावान कार्य समिति बन्ने अपेक्षा व्यक्त गरेका थिए ।संगठनको रौतहट अध्यक्षमा चयन भएका पत्रकार मदन ठाकुर संगठनको केन्द्रीय सदस्यका साथै नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव पनि हुन् । ठाकुर नागरिक दैनिकमा आबद्ध छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =