भरततालमा आमा र छोरीले गरे आत्म हत्या
सर्लाही समाचारदाता
बैसाख, २५
सर्लाहीको बागमती नगरपालिकामा रहेको चर्चित पर्यटकीयस्थल भरततालमा आइतवार आमा र छोरीले आत्म हत्या गरेका छन् । रौतहट घर भएका आमा छोरीले सर्लाहीमा आत्महत्या गरेका हुन् ।
देशको सबैभन्दा ठूलो मानव निर्मित तालको रुपमा भरततालमा हाम फालेर रौतहटको चन्द्रपुर नगरपालिका ४ सन्तपुरका भोला साहकी २६ वर्षीया श्रीमती रेखाकुमारी साह र तिन वर्षीया नाबालक छोरी आराध्याकुमारी साहले आत्महत्या गरेका हुन् ।
आइतबार बिहान भरतताल घुम्न गएका आमाछोरीले बिहान करिब नौ बजेतिर हाम फालेको र तालमा डुंगा चलाउने नाभिकको सहयोगमा दिउँसो दुवै जनाको शव प्रहरीले निकालेको हो ।
आमा र छोरीले किन आत्म हत्या गरेका हुन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपि प्रवीण पोखरेलले जानकारी गराएका छन्। घरमा श्रीमानसंग विवादका कारण आमा छोरीले दिक्क भएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
Facebook Comment