पूर्व वडाध्यक्ष चौधरी नेकपा एसमा
गौर समाचारदाता
जिल्ला सदरमुकाम गौरका एक समाजसेवी नेकपा एसमा प्रवेश गरेका छन् । गौर नगरपालिका ९ सिर्सियाका समाजसेवी तथा पूर्व वडाध्यक्ष शंकर चौधरी नेकपा एसमा प्रवेश गरेका हुन् ।
चुनावी अभियान अत्यन्त तीव्र बनेको गौरमा नेकपा एकीकृत समाजवादीको पक्षमा माहौल बनेको छ । नेकपा एसबाट गौर नगरपालिकाको मेयर पदका उम्मेदवार लोकप्रिय समाजसेवी शम्भु साह र समाजसेवी अवधेश यादवले समाजसेवी चौधरीलाई टीका तथा माला लगाएर नेकपा एसमा प्रवेश गराएका हुन् ।
आइतवार समाजसेवी चौधरी नेकपा एसमा प्रवेश गरेपछि सिर्सिया गाउँ शम्भु साहको पक्षमा एक पक्षीय हुन पुगेको वडा नम्बर ९ का वडाध्यक्ष उम्मेदवार अर्जुन सिंहले जानकारी गराएका छन् ।
जिल्ला सदरमुकाम गौरमा यसपटक शम्भु साहको विजय सुनिश्चित भएको स्थानीयले बताएका छन् ।
Facebook Comment