शनिवार जनता दरबार लगाउने काँग्रेस नेता अजयप्रकाशको घोषणा
खबर पालिका
२०७९ वैशाख २६ गते १९:४८

२६ बैशाख
रौतहटको कटहरिया नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार अजयप्रकाश जयसवालले आफूले निश्चित रुपमा चुनाव जित्ने दाबी गरेका छन् । कटहरियामा संचारकर्मीसित कुराकानी गर्दै युवा नेता अजयप्रकाशले कटहरियाबासीले आफूलाई मतदान गर्ने विश्वास लिएको बताएका छन् । नेपाली काँग्रेसको कटहरिया नगरपालिकामा सबै वडामा राम्रो रहेको र आफूले प्यानलसहित चुनाव जितिरहेको दाबी गरेका छन् । युवा नेता अजयप्रकाशले कटहरिया नगरपालिकामा आफूले जितेमा हरेक महिनाको अन्तिम शनिवार जनताको घरदैलोमा गएर जनता दरबार लगाउने र जनताका समस्या सुनेर सम्भव भएसम्म तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कटहरिया नगरपालिकामा शिक्षा, स्वास्थ्य र कृषि आफ्नो मुख्य प्राथमिकताको विषय रहने नेपाली काँग्रेसका युवा नेता अजयप्रकाशको दाबी रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 9 =