रौतहटको इनरबारीमा किसान आन्दोलन संग्रहालय बनाउने पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको घोषणा
खबर पालिका
२०७९ वैशाख २६ गते १९:५०

२६ बैशाख
पंचायती व्यवस्थामा केपी शर्मा ओलीले शरण लिएको घरका सबै सदस्य नै नेकपा एसमा प्रवेश गरेका छन् । रौतहटको बौद्धिमाई नगरपालिकाको इनरबारीमा आयोजित चुनावी तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एकीकृत समाजवादीका राष्ट्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका जन्मजात समर्थकहरुलाई नेकपा एसमा स्वागत गरेका छन् ।
रौतहटमा २००८ सालको किसान आन्दोलनको केन्द्र रहेको इनरबारीमा बोल्दै नेपालले ऐतिहासिक किसान आन्दोलनको प्रसंगलाई जीवित बनाउन किसान आन्दोलन संग्रहालय बनाउने घोषणा गरेका छन् ।
किसान आन्दोलनको महान त्याग, तपस्या तथा बलिदानको इतिहासलाई जिवन्त बनाउन किसान आन्दोलन संग्रहालय बनाउने नेता नेपालले बताएका छन् । किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनको गर्विलो इतिहासको भूमिमा तुलसीलाल अमात्य तथा मनमोहन अधिकारीजस्ता महान व्यक्तित्वहरु बसेको इतिहास स्मरण गरेका छन् ।
नेता नेपालले २०२९ सालमा केपि शर्मा ओलीले केही महिना शरण लिएको घर तत्कालीन क्रान्तिकारी किसान नेता गेना पटेल भएको र गेना पटेलका छोरा कपिलदेव पटेललाई नेकपा एसमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । केपि शर्मा ओलीले शरण लिएको घरका सम्पूर्ण सदस्य नेकपा एसमा प्रवेश गरेको बताउँदै नेता नेपालले कम्युनिष्ट आन्दोलनको धरोहर परिवारलाई पार्टीमा स्वागत गरेका छन् ।
जन्मजात नेकपा एमाले रहेका पटेल नेकपा एमालेका मधेस प्रदेश सदस्य समेत हुन् । यसै गरी नेता नेपालले अनेरास्ववियुका केन्द्रीय सचिव कनिस पटेललाई पनि पार्टीमा भित्र्याएका छन् । नेकपा एमालेले कपिलदेव पटेललाई मेयर पदको टिकट नदिएपछि असन्तुष्ट रहँदै आएका थिए ।
यसै बिच पूर्व प्रधानमन्त्री नेपालले मौलापुर नगरपालिकाको सोनरनियामा आयोजित चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई पनि सम्बोधन गरेका छन् ।
Sourse:- Nagarikdainik.com




Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =