खबर पालिका
२०७९ वैशाख २७ गते १९:३४

बैसाख महिनाको घामले जनजीवन प्रभावित भएको छ । अत्यधिक घाम लागेर दिउँसो घरबाट निस्कन पनि मुस्किल हुन थालेको हो । अत्यधिक घाम चर्केर घरबाट निस्कन मुस्किल भएपछि सर्वसाधारण मानिस छहारीको खोजीमा दिउँसो निस्कन थालेका छन् ।

सहरी क्षेत्रका मानिस एसीमा रमाउन चाहने तथा ग्रामीण क्षेत्रका मानिस रुखको छहारीको खोजीमा लागेको देखिएको छ । यसै गरी दिउँसो फ्रिजको पानी पिउने तथा बजारमा पाइने चिसो पेय पदार्थ खानेतर्फ पनि मानिसको ध्यान गएको छ । अत्यधिक गर्मीले सर्वसाधारण दिनमा कैयौँ पटक हातमुख धुने तथा दिनको दुई पटक नुहाउने गर्न थालेका छन् ।

अत्यधिक घाम चर्केको समयमा सर्वसाधारण घरभन्दा बाहिर निस्कन पनि डराइरहेका छन् । मध्य बौसखमा तराई मधेसमा हरेक वर्ष दिउँसो अत्यधिक घाम चर्कने गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =