शान्तिपूर्ण मतदान गर्न युवा नेता बृजकिशोर यादवले गरे आह्वान
गरुडा खबरदाता
नेकपा एकीकृत समाजवादीका तर्फबाट गरुडा नगरपालिकाको मेयर पदका उम्मेदवार बृजकिशोर यादवले शान्तिपूर्ण तरिकाले मतदानमा भाग लिन सबै मतदातालाई आह्वान गरेका छन् । बैसाख ३० गते शुक्रबारका दिन देशभर एक साथ भइरहेको पालिका चुनावलाई शान्तिपूर्ण तथा मर्यादित बनाउन सबैको भूमिका आवश्यक भएकोले सबैले शान्तिपूर्ण किसिमले मतदान गर्न र यस कार्यमा सबैले सहयोग गर्न नेकपा एसका मेयर उम्मेदवार यादवले आह्वान गरेका हुन् । युवा नेता यादवले स्थानीय चुनावलाई शान्तिपूर्ण, मर्यादित तथा भयरहित बनाउन हरेक नागरिकले आफ्नो तर्फबाट सकारात्मक र सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।
Facebook Comment