खबर पालिका
२०७९ वैशाख २७ गते १९:४०

 

सर्लाही खबरदाता

सर्लाही जिल्लाको दुई मतदान केन्द्रका सम्पूर्ण कर्मचारी महिला खटाइएको छ । बैसाख ३० मा हुन गइरहेको स्थानीय तहको चुनावको क्रममा सर्लाही जिल्लाको दुई मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म र सुरक्षाकर्मी पनि महिला नै खटाइएका हुन् ।

सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीमा रहेका दुई मतदान केन्द्रका सबै कर्मचारी महिला नै खटाइएको हो । स्थानीय नवजीवन माध्यमिक विद्यालयको क र ख मतदान केन्द्रका सबै कर्मचारी महिला नै खटाइएको हो ।

म्तदान केन्द्र क मा जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवाका प्रशासकीय अधिकृत उर्मिल अधिकारीलाई मतदान अधिकृत बनाइएको छ भने सुनिता कुमारी मगरलाई सहायक मतदान अधिकृतमा खटाइएको छ । यसै गरी रमा खतिवडा र चन्द्र कला कुमारीलाई सहायक मतदान कर्मचारीमा खटाइएको छ । कार्यालय सहयोगीको रुपमा लेखमाया थापालाई खटाइएको छ ।

सोही स्थानमा रहेको मतदान केन्द्र ख मा सर्लाही जिल्ला अदालत मलंगवाका प्रशासकीय अधिकृत मन्जु ज्ञवालीलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ भने नीला कुमारी निरौलालाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । यसै गरी लक्ष्मी कोइराला र कविता खतिवडालाई सहायक निर्वाचन कर्मचारीको रुपमा खटाइएको छ । अन्जना कुमारीलाई कार्यालय सहयोगीको रुपमा खटाइएको छ ।

सर्लाहीमा ३१८ मतदान स्थलमा ५९९ ओटा मतदान केन्द्र रहेका छन् । सबै स्थानमा मतदान कर्मचारी खटिइसकेका छन् । सर्लाहीमा दुई मतदान केन्द्रमा मात्र सम्पूर्ण मतदान कर्मचारी महिलालाई खटाइएको हो ।

दुवै मतदान केन्द्रमा सम्पूर्ण कर्मचारी महिला नै खटाइएको स्रोतको दाबी रहेको छ ।

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 3 =