स्थानीय चुनावले गर्दा सीता जयन्तीमा देखिएन खासै रौनक
खबर पालिका
२०७९ वैशाख २७ गते १९:४२

खबरपालिका समाचार

राष्ट्रिय विभूति सीताको जन्म जयन्ती स्थानीय तहको चुनावको कारण केही प्रभावित भएको छ । प्रदेशको संरचना निर्माण भएदेखि धुमधामका साथ मनाउन थालिएको सीता जयन्ती स्थानीय तहको चुनावको कारण फिका देखिएको हो ।

प्रदेश राजधानी जनकपुरका साथै विभिन्न जिल्लामा र पालिकाहरुले पनि सीता जयन्ती मनाउँदै आएको थियो । रौतहटमा कटहरिया नगरपालिकाले औपचारिक कार्यक्रम नै गरेर सीता जयन्ती मनाउने गरेको थियो ।

बैसाख शुक्ल नवमीका दिन त्रेतायुगमा सीताको जन्म भएको मानिन्छ । नेपालले पनि आदर्श नारी सीतालाई राष्ट्रिय विभूति मान्दै आएको छ ।

यस पटक सीता जयन्तीको दिन स्थानीय तहको चुनाव प्रचार प्रसारको अन्तिम र उत्कर्षको दिन भएकोले सबैको ध्यान चुनावतिर गएको छ । सीता जयन्तीको दिन प्रदेश सरकारले सोमवार सार्वजनिक विदा दिएको छ तर औपचारिक कार्यक्रमहरु भने खासै भएको छैन ।

सीता जयन्तीको दिन हिन्दू समुदायले आफ्नो घर र मन्दिरमा जानकी र रामको पूजा गरेका छन् । सीताको आदर्श जीवनबाट अहिलेका पनि नारीले धेरै किसिमका प्रेरणा लिन सकिने रौतहटका साहित्यकार रेणु गुप्ताको भनाइ छ ।

 

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 2 =