रौतहटको गरुडा नगरपालिकामा एमाले प्रमुख र नेका उपप्रमुख विजयी
खबर पलिका
२०७९ जेठ १२ गते १९:०३

रौतहट
रौतहटको मध्यभागमा रहेको गरुडा नगरपालिकामा नेकपा एमाले नगर प्रमुख र नेपाली काँग्रेस उपप्रमखमा विजयी भएका छन् । नौ वडा रहेको गरुडा नगरपालिकामा वडाहरमा मिश्रित परिणाम आएको छ ।
गरुडा नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका कन्थमनि प्रसाद कलवारले नेकपा एस र नेकासित निकै कडा संघर्षमा कठिन जित निकाल्न सफल भएका छन् । गरुडा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कन्थमनि प्रसाद कलवारले ४५६४ मत ल्याई जित निकाल्दा नेकपा एकीकृत समाजवादीका बृजकिशोर यादवले ४५२६ मत ल्याएका छन् भने नेकका सुनिल कुमार यादवले ४४९८ मत प्राप्त गरेका छन् ।
गरुडा नगरपालिकाको उपप्रमुखमा भने नेपाली काँग्रेसले निकै फराकिलो मतान्तरले जित हासिल गरेको छ । उपप्रमुखमा नेकाकी पुनम कुमारी चोधरीले ६७०३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी जसपा नेपालकी बिन्दु कुमारी देवीले ४४७७ मत प्राप्त गरेकी छन् ।
गरुडा नगरपालिकाको वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेख वहाब, वडा नम्बर २ मा जनता समाजवादी पार्टी नेपालका कृष्ण नन्दन सहनी, वडा नम्बर ३ बाट नेकपा माओवादी केन्द्रका अम्बिका सहनी, वडा नम्बर ४ बाट नेकपा एकीकृत समाजवादीका सुनिल कुमार जयसवाल, वडा नम्बर ५ बाट नेकपा माओवादी केन्द्रका राम विनोद प्रसाद जयसवाल, वडा नम्बर ६ बाट नेकपा एमालेका राम बाबु प्रसाद साह, वडा नम्बर ७ बाट नेकाका प्रवीण सिंह यादव, वडा नम्बर ८ बाट जसपा नेपालका वशिष्ठ राय यादव र वडा नम्बर ९ बाट नेकाका राजेश कुमारी सहनी निर्वाचित भएका छन् ।
गत बैसाख ३० एउटा मतदान केन्द्रको मतपेटिकामा विवादका कारण क्षति पुगेपछि जेग ४ मा पुनः मतदान भएको गरुडा नगरपालिका ९ मा अन्तिम मतगणना चलिरहँदा पनि विवाद भएको थियो । विवादका कारण नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले पुनः मतगणना हुनुपर्ने माग राखी निवेदन दर्ता गराएका थिए र पालिका निर्वाचन कार्यालयले पुनः मतगणनाको मागलाई अस्वीकार गर्दै एमाले उम्मेदवार कलवारलाई नगर प्रमुखमा विजयी भएको घोषणा गरेको थियो ।
गरुडा नगरपालिकाका नेकपा एमालेको जितसँगै रौतहटको तिन पालिकामा नेकपा एमाले विजयी भएको छ । यसअघि मौलापुर र देवाही गोनाही नगरपालिकामा नेकपा एमाले पूर्ण बहुमतसहित विजयी भएको छ




Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =