करेन्ट लागेर सर्लाहीमा एक युवकको मृत्यु
सर्लाही, जेठ १२
सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सर्लाहीको विष्णु गाउँपालिका ६ सिमराका लालबाबु महतो कुशवाहाको तरकारी बारीमा करेन्ट लागेर स्थानीय एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राम बेचन रामका छोरा ३६ वर्षीय शैलेन्द्र राम रहेका छन् ।
कुशवाहाको तरकारी बारीमा रामको करेन्ट लागेर मृत्यु भएको खबर सुनेपछि प्रहरीले रामको शवलाई पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ । घटनाको अनुसन्धानको लागि तरकारी खेतका धनी कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि माधव प्रसाद बुढाथोकीले जानकारी गराएका छन् ।
Facebook Comment