गौर नगरपालिकामा बालपोषण र ज्येष्ठ नागरिक भत्ता वडाबाटै वितर(ा गरिने मेयर शम्भु साहको भनाइ
खबर पालिका
२०७९ जेठ १४ गते १९:१७

रौतहटको गौर नगरपालिकामा ज्येष्ठ नागरिक भत्ता र बाल पोषण भत्ता वडा कार्यालयबाट वितरण गरिने नगर प्रमुख शम्भु साहले बताएका छन् । वृद्ध बुबा आमालाई अब बैंकमा गएर लाइनमा बस्नु नपर्ने व्यवस्था मिलाउने नगर प्रमुख साहले बताएका छन् । सम्बन्धित बैंकसित नगरपालिकाले समन्वय गरेर सम्बन्धित वडामा नै दुवै किसिमको भत्ता उपलब्ध गराउने व्यवस्था गर्ने नगर प्रमुख साहको भनाइ छ । नगरको विभिन्न गाउँमा ज्येष्ठ नागरिकले दिएको सुझावलाई आशीर्वाद मान्दै जनताको घरदैलोमा नै सेवा पु¥याउन आफूले सक्दो प्रयास गर्ने नगर प्रमुख साहको भनाइ छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − five =