झोलुगें पुललाई मरम्मत गर्न गौर नगर प्रमुख साहले गरे निरीक्षण
खबर पालिका
२०७९ जेठ १५ गते १९:२५

रौतहटको गौर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख शम्भु साह कानुले गौरस्थित बरहवा पुलमा निर्मित झोलुंगे पुलको निरीक्षण गरेका छन् । स्थानीयबासीले पुलको मरम्मत गर्नको लागि एक चोटि निरीक्षण गर्नुपर्ने आग्रह गरेपछि नगर प्रमुख शम्भु साहले झोलुंगे पुलको निरीक्षण गरेका हुन् । निरीक्षणपछि नगर प्रमुख साहले पुलको मरम्मतको लागि तत्काल पहल गरिने जानकारी गराएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =