देवाही गोनाहीके नगर प्रमुखले बिजुलीमा छुट दिने बनाएका छन् योजना
खबर पालिका
२०७९ जेठ १५ गते १९:२६

रौतहटको देवाही गोनाही नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रेमलाल साह कानु र उपप्रमुख परनिया देवि पटेल नगरका नागरिकलाई बिजुली उपलब्ध गराउने योजना बनाएका छन् । नगरका गरिब तथा दलितलाई लक्षित गरी नगर प्रमुख तथा उपप्रमुखले कम्तीमा बिस युनिट बिजुली हरेक परिवारलाई निशुल्क उपलब्ध गराउने योजना रहेको बताएका छन् । आफू विपन्न परिवारबाट भएकोले गरिबको समस्या बुझेको बताउँदै नगर प्रमुख प्रेमलाल साहले सम्भव भएसम्म गरिब र दलितलाई सेवा र सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + sixteen =