खबर पालिका
२०७९ जेठ १५ गते १९:२७

नेपाल सरकारले सरकारी कर्मचारीको तलबमा भारी बृद्धि गरेको छ । संसदमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी साउन १ देखि लागू हुने गरी सरकारी कर्मचारीको तलबमा १५ प्रतिशतले बृद्धि हुने प्रस्ताव गरेका छन् । सरकारी कर्मचारीले तलब बृद्धिसँगै ग्रेडभत्ता पनि बृद्धि भएको रकम पाउने गरेका छन् । मूल तलबमा बृद्धि हुँदा कर्मचारीले पाउने ग्रेडमा पनि बृद्धि हुने भएकोले सरकारी कर्मचारीको तलबमा भारी बृद्धि भएको हो । सरकारी कर्मचारीले तीस प्रतिशत तलब बृद्धिको माग गरेकोमा पन्ध्र प्रतिशतले बृद्धि भएको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 12 =