देशको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड
खबर पालिका
२०७९ जेठ १५ गते १९:२८

आगामी आर्थिक वर्षको लागि देशको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोडको प्रस्ताव गरिएको छ । १७ खर्ब ९३ अर्ब ८३ करोडको कूल बजेट हुँदा आगामी आर्थिक वर्षमा ७ खर्ब ५३ अर्ब ४० करोड चालु खर्चतर्फको रहेको छ भने ३ खर्ब ८० अर्ब २५ करोड पूजीगत खर्च तर्फ रहेको छ । यसै गरी २ खर्ब ३० अर्ब २२ करोड रुपैया पनि पूजीगत खर्चतर्फ रहेको छ । सरकारले वित्तीय हस्तान्तरबाट प्रदेश र स्थानीय तहमा ४ खर्ब २९ अर्ब ८३ करोड रुपैया पुग्ने भएको छ । कूल बजेटको १२ खर्ब ४० अबै ११ करोड राजस्वबाट असुल हुने अनुमान छ भने ५५ अर्ब ४६ करोड वैदेशिक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको छ । यसै गरी वैदेशिक ऋण २ खर्ब ४२ अर्ब २६ करोड र आन्तरिक ऋण २ खर्ब ५६ अर्ब लिइने बजेटमा प्रस्ताव गरिएको छ । आगामी आर्थिक वर्षमा मूल्य वृद्धि ७ प्रतिशतले हुने र देशको आर्थिक वृद्धि ८ प्रतिशतले हुने अनुमान सरकारले बजेटमा गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 18 =