विद्यालय खाजा कक्षा ६ सम्म गरियो विस्तार
आगामी आर्थिक वर्षदेखि कक्षा ६ सम्मका बालबालिकाले विद्यालयमा खाजा खान पाउने भएका छन् । अहिलेसम्म कक्षा ५ सम्मका बालबालिकाले विद्यालयमा खाजा खान पाउने व्यवस्था रहेकामा आगामी आर्थिक वर्षदेखि थप एक कक्षा गरी विद्यालय खाजाको व्यवस्था कक्षा ६ सम्म गरिएको हो । यसले बालबालिकाको पोषण स्वास्थ्यमा सुधार हुने तथा विद्यार्थीको शैक्षिक गुणस्तरमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
Facebook Comment