६८ बर्षको उमेरदेखि नै पाइने भयो अब बृद्धभत्ता
नेपाल सरकारले बृद्धभत्ताको उमेर कम गरेको छ । ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई बृद्धभत्ता दिँदै आएकोमा सरकारले आगामी वर्षदेखि दुई वर्ष कम गरेर ६८ वर्षको उमेरदेखि नै बृद्धभत्ता पाउने घोषणा गरेको छ । संसदमा प्रस्तुत गरिएको बजेटमा सरकारले ६८ वर्षका नागरिकलाई बृद्धभत्ता दिने प्रस्ताव गरेको हो ।
Facebook Comment