खबर पलिका
२०७९ जेठ १९ गते १०:२२

रौतहट सदरमुकाम गौरमा निर्वाचित भएपछि शम्भु साहले निरन्तर अनुगमन र निरीक्षण गरी शिक्षा क्षेत्रलाई सुधारको लागि गरिरहेको कामबाट प्रभावित तथा प्रेरित भएर गौरका एक जनाले निशुल्क पढाउनको लागि निवेदन दिएका छन् ।
सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा बिना कुनै शुल्क पढाउनका लागि स्थानीय सुभास मिश्रले नगरपालिका कार्यालयमा निवेदन दिएका छन् । आएको निवेदनलाई नगर प्रमुखले राय सल्लाह तथा कार्यान्वयनको प्रक्रियाबारे बुझ्न शिक्षा शाखामा पठाएका छन् ।
बिना कुनै शुल्क विद्यालयमा पढाउनको लागि निवेदन दिने मानिसको सदरमुकाम गौरमा निकै चर्चा चलेको छ भने नगर प्रमुख शम्भु साहको नेतृत्वमा गौर नगरपालिकामा शिक्षामा कायापलट हुने विश्वास लिएका छन् l




Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + three =