गरुडा नगर कार्यपालिकाको शनिवार हुँदैछ निर्वाचन
खबर पलिका
२०७९ जेठ २० गते १९:४४

रौतहटको गरुडा नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचन शनिवार हुँदैछ । गरुडा नगरपालिकामा सबैभन्दा ठूलो दलको रुपमा नेपाली काँग्रेस रहेको छ । गरुडा नगरपालिकामा ९ वडा रहेकोले नगर प्रमुख र उपप्रमुख सहित जम्मा ४७ जना निर्वाचित हुँदा नेपाली काँग्रेस सबैभन्दा ठूलो दल बन्न पुगेको छ । गरुडा नगरपालिकाको सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेसले उपप्रमुख सहित १२ पद जितेको छ भने दोस्रो ठूलो दल जसपाले ११ पदमा जित हासिल गरेको छ । गरुडा नगरपालिकामा नेकपा एमाले नगर प्रमुखसहित तेस्रो ठूलो दलको रुपमा रहेको छ । नेकपा एमालेले नगर प्रमुखसहित १० सिट जितेको छ भने नेकपा माओवादीले ९ सिटमा जित निकाल्दै चौथो ठूलो दल बन्न पुगेको छ । गरुडा नगरपालिकामा लोसपाले ४ सिट र नेकपा एकीकृत समाजवादीले १ सिट जितेको छ । गरुडा नगरपालिकाको शनिवार हुने कार्यपालिका निर्वाचनबाट पनि कुनै एक दलको बहुमत आउने सम्भावना नरहेको स्पष्ट भएको छ । गरुडामा नगर सरकार गठनमा गरुडा नगरबासीले नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, लोसपा नेपाल र नेकपा एकीकृत समाजवादीलाई मिलेर काम गर्ने सन्देश दिएको छ । कम्तीमा तिन ठूला दलले गरुडा नगरपालिकामा मिलेर काम गर्नुपर्ने सन्देश गरुडा नगरपालिकाका नगरबासीले दिएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =