सर्लाहीको एक पोखरीमा डुबेर बालिकाको मृत्यु
खबरपालिका, सर्लाही
सर्लाहीमा पोखरीमा डुबेर एक दतिल बालिकाको मृत्यु भएको छ । शुक्रवार दिउँसो बाख्रा चराउन गएकी बालिका घर नफर्केपछि खोजी सुरु गरिएको थियो ।
शुक्रबार दिउँसो चार बजेटिर घरबाट बाख्रा चराउन गएकी पर्सा गाउँपालिका ६ का शम्भु राम महराकी करिब ७ वर्षकी छोरी पिंकी कुमारी महराको शव पोखरीमा भेटिएको छ । बाख्रा चराउन गएको खेततिर स्थानीय सन्तोष साहको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो ।
पोखरीको पानीबाट बालिकाको शव निकालेर आवश्यक कारबाहीका सहित पोस्ट मार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाका सूचना अधिकृत डिएसपि विजय यादवले जानकारी गराएका छन् ।
Facebook Comment