रंगपुर साझेदारी बनमा अशोक यादव सर्वसम्मत
खबर पलिका
२०७९ जेठ २१ गते १९:४०

खबरपालिका, गौर
रौतहटको रंगपुर साझेदारी बन उपभोक्ता समितिको अध्यक्षमा अशोक यादव सर्वसम्मत चयन भएका छन् । साझेदारीको कार्यालय चन्द्रनिगाहपुरमा भएको भेलाले यादवलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
सर्वसम्मत अध्यक्षमा चयन भएपछि यादवले वास्तविक उपभोक्ताले बनबाट काठ र दाउरा पाउने बताएका छन् । साझेदारी बनबाट ठेकेदार प्रथाको पूर्ण अन्त्य गर्ने प्रतिबद्धता अध्यक्ष यादवले गरेका छन् ।
साझेदारी बनमा ठेकेदारहरुको रजाइँ हुने गरेको र विभिन्न उपभोक्ताबाट कागजपत्र पूरा गरी ठेकेदारले काठ किनेर समिलसम्म पु¥याउने गरेको र महँगोमा बेच्ने गरेको गुनासो रौतहटमा रहेको छ । साझेदारी बनबाट ठेकेदारी प्रथाको अन्त्य आफ्नो पहिलो र पूर्ण प्रतिबद्धता रहेको यादवले बताएका छन् ।
दोस्रो कार्यकालको लागि गरुडा नगरपालिका ५ को वडाध्यक्षमा पराजित भएपछि निराश बनेका यादवले भने पाँच वर्षको लागि साझेदारी बनमा काम गर्न पाउने भएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =