रौतहटको देवाही गोनाहीमा भेटियो युवकको लास
खबर पलिका
२०७९ जेठ २२ गते १९:४८

खबरपालिका, रौतहट
रौतहटको देवाही गोनाहीमा एक जना युवकको लास फेला परेको छ । रौतहटको देवाही गोनाही नगरपालिकाको देवाही बजार नजिक करिब ३० वर्षका एक जना पुरुषको लास फेला परेको हो । बजारको छेउमा बेवारिसे अवस्थामा एक जना पुरुष मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान सथनीय तुफानी भन्ने मुकेश जयसवाल रुपमा भएको छ । जयसवालको मृत्यु कसरी भएको हो भन्ने खुलाइएको छैन । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =