मावि गरुडाका कक्षा ११ का विद्यार्थीबिच पुगे गरुडाका नगर प्रमुख र उपप्रमुख
खबर पलिका
२०७९ जेठ २२ गते १९:४९

खबरपालिका, गरुडा
रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवार र उपप्रमुख पुनम कुमारी चौधरीले कक्षा ११ का विद्यार्थीका बिचमा आफूहरुले नगरको शिक्षामा सुधारको प्रयास थालेको घोषणा गरेका छन् । गरुडा नगरपालिका ४ मा रहेको श्री माध्यमिक विद्यालयमा पुगेर नगर प्रमुख कलवारले आफ्नो पहिलो घोषणामा कक्षा दशसम्म सबै किसिमको शुल्क माफ गर्ने र कक्षा १२ सम्म आधा शुल्क माफ गर्ने घोषणा गरिसकेको बताएका छन् । आफूहरुको पहिलो प्रयास नै शिक्षामा सुधार रहेको बताउँदै नगर प्रमुख कलवारले शिक्षाको क्षेत्रमा धेरै परिवर्तन गर्नुपर्ने आफूले देखेको बताएका छन् । यसै गरी उपप्रमुख पुनम कुमारी चौधरीले मनोज कुमार चौधरीको सपना नै शिक्षा र स्वास्थ्यमा सुधार रहेकोले आफू चौधरीको प्रतिनिधिको रुपमा शिक्षा र स्वास्थ्यको सुधारको लागि आएको बताएकी छन् । गरुडा नगरपालिकामा शिक्षा र स्वास्थ्यमा सुधार हुँदा आफैँ धेरै किसिमको सुधार देखिने बताउँदै उपप्रमुख चौधरीले सबैले आफूलाई साथ दिन आग्रह गरेकी छन् । नगर प्रमुख कलवार र उपप्रमुख चौधरी शिक्षा र स्वास्थ्यको सुधारको लागि सक्रिय देखिएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nineteen =