दैनिक लाइन कट्नाले सर्वसाधारण उपभोक्ता पीडित
कुमार चन्दन, गरुडा÷खबरपालिका
रौतहटमा दैनिक लाइन कट्न थालेको छ । दैनिक अघोषित रुपमा तिनदेखि चार घन्टासम्म लाइन नहुँदा सर्वसाधारण निकै मर्कामा परेका छन् ।
सरकारले बिजुली अरु देशमा बेच्न सुरु गरिरहेको समाचार आइरहेको समयमा हरेक दिन रौतहटमा तिनदेखि चार घन्टासम्म लाइन अवरुद्ध रहँदा उपभोक्ताले भोग्नुसम्म सास्ती भोग्न बाध्य भएका छन् । गर्मीले जनजीवन कष्ठकर बनिरहेको तथा बिजुलीको भरमा विभिन्न काम गरिरहनु पर्ने उपभोक्ताले बिना सूचना लाइन कटिरहँदा निकै घाटा बेहोर्नु परिरहेको छ ।
बिना सूचना लाइन कटेको विषयमा विद्युत कार्यालय गौर, गरुडा तथा चन्द्रपुरलाई सोध्दा एक अर्काेलाई सोध्नु र माथिबाटै लाइन कटेको छ भन्ने रेडिमेड जवाफ पाइने गरेको छ ।
एक दिनमै बिहान, दिउँसो र साँझतिर लाइन जाने गरेको छ । लाइन जाने कुनै निश्चित समय नभए पनि हरेक दिन चार बजेदिन साढे सात बजेको बिचमा कम्तीमा तिन पटक र एक घन्टाको लागि लाइन अवश्य जाने गरेको छ ।
लाइन कट्ने समस्याले आफूहरु परसान भएको र रेडियो स्टेशनमा निकै धेरै क्षति पुगेको रौतहटको गरुडामा रहेको रेडियो मधेस मसला एफएमका प्राविधिक देवेन्द्र चौधरीको भनाइ छ । हरेक दिन पटक पटक गरी घन्टौँ लाइन कट्न गर्नाले विद्युतीय सामानमा निकै क्षति पुगेको र आफूहरु निकै परसान भएको प्राविधिक चौधरीको दाबी छ ।
Facebook Comment