खबर पालिका
२०७९ जेठ २६ गते १९:१७

गरुडा खबरपालिका


रौतहटको गरुडा नगरपालिकाको पहिलो बैठकले प्रशासकीय भवन निर्माणको प्रक्रिया अगाडि बढाउने र एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ । नगर प्रमुख कन्थमनि प्रसाद कलवारको अध्यक्षतामा बसेको नगर पालिकाको पहिलो बैठकले पहिलो निर्णय निर्णय नै गरुडा नगर कार्यपालिकाको प्रशासकीय भवन निर्माणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । गरुडा नगरपालिका ४ मा अन्तर्गत पशु बजारमा माटो परीक्षण भएको जग्गामा नगर कार्यपालिकाको प्रशासकीय भवन निर्माणको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । यसै गरी नगर कार्यपालिकाले एम्बुलेन्स खरिदको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । गरुडा नगरपालिकामा भरपर्दो एम्बुलेन्स सेवाको व्यवस्था नभएकोले नगरका गर्भवती महिला तथा बिरामीहरुलाई अस्पतालसम्म पु¥याउन नगरको लागि एक थान एम्बुलेन्स खरिदको प्रक्रिया अगाडि बढाउने निर्णय नगरपालिकाले गरेको हो । कार्यपालिकाको बैठकले नगरका करार कर्मचारीको सेवा करार अवधि साउन १ देखि नथप्ने निर्णय गरेको हो ।
गरुडा नगरपालिकामा भाडामा चल्दै आएको प्रशासकीय तथा शिक्षा र अन्य कार्यालयमा निकै धेरै खर्च हुँदै आएको छ । नगरपालिकाको प्रशासकीय भवनको माग धेरै समयदेखि हुँदै आएको भए पनि विवादका कारण निर्माणको काम अगाडि बढ्न सकेको थिएन ।
नगर कार्यपालिकाको भवन निर्माणको लागि पशु बजारको छेउमा रहेको नगरपालिकाको जमिनमा धेरै वर्ष पहिले माटो परीक्षण पनि भइसकेको थियो तर केही मानिसले विवाद ल्याएको कारण भवन निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
गरुडा नगरपालिकाको नवनिर्वाचित कार्यपालिकाको पहिलो बैठकले पहिलो निर्णय नै गरुडा ४ मा प्रशासकीय भवन निर्माण गर्ने गरेपछि गरुडाबासीमा खुसीको सञ्चार भएको छ ।
गरुडाभन्दा पछि नगरपालिका घोषित भएका कतिपय नगरपालिकाले आफ्नो कार्यालय तथा प्रशासकीय भवन निर्माण गरिसकेको भए पनि गरुडा नगरपालिका भने निकै पछाडि परेको छ ।
गरुडा बजारलाई नगरपालिका बनाउन कन्थमनि प्रसाद कलवारले निकै भूमिका खेलेका थिए । कलवार नगर प्रमुखको रुपमा निर्वाचित भएपछि नगरपालिकाको कार्यपालिकाको पहिलो बैठकले ऐतिहासिक निर्णय गरेको हो । नगरपालिकाले गरेको निर्णयको गरुडामा स्वागत गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =