रौतहटको तिन ठाउँमा मतदाता नामावली संकलन सुरु
गरुडा खबरपालिका
रौतहटको तिन ठाउँमा मतदाता नामावली संकलन कार्य सुरु हुँदैछ । जिल्ला निर्वाचन कार्यालय रौतहटले मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य सुचारु हुने जनाएको छ । निर्वाचन प्रयोजनको लागि असार १ गतेदेखि रौतहटको गौर, गरुडा र चन्द्रपुरमा फोटो सहितको नामावली संकलन गर्ने काम सुरु हुँदैछ । जिल्ला प्रशासन कार्यालय गौर, इलाका प्रशासन कार्यालय गरुडा र इलाका प्रशासन कार्यालय चन्द्रपुरमा असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुचारु हुने भएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी गराएका छन् । फोटोसहितको मतदाता नामावलीमा त्रुटि भएमा विवरण सच्याउन, दोहोरो नाम हटाउन र विवाह, बसाईँ सराइ वा मृत्यु भएका मतदाताहरुको विवरणका सम्बन्धमा आवश्यक सक्कल प्रमाणपत्रका साथै प्रतिलिपिसहित जिल्ला निर्वाचन कार्यालय रौतहटमा उपस्थित भएर निवेदन दिन सकिने कार्यालयले जनाएको छ ।
Facebook Comment