आप्रवासी स्रोत केन्द्रको विषयमा गौर नगर प्रमुख साहले गरे छलफल
रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले आप्रवासी स्रोत केन्द्रको विषयमा महत्वपूर्ण छलफल गरेका छन् । जिल्ला सदरमुकाम गौर नगरपालिकाका मेयर साह सार्वजनिक विदाको दिन पनि दातृ निकायका अधिकारीहरुसित छलफल गरेका छन् । गौर नगरपालिकाको आप्रवासी समस्या सम्बन्धमा गर्न सकिने सहयोग तथा योजनाको विषयमा दातृ निकायको अपेक्षा र चाहनाको विषयमा महत्वपूर्ण छलफल भएको हो । छलफलमा गौर नगरपालिकाका कार्यालय प्रमुख सुबास ठाकुरसहित अन्य पदाधिकारी तथा सम्बन्धित दातृ निकायका मानिसहरुको सहभागिता रहेको थियो ।
Facebook Comment