गरुडा चौकको पानीको निकास हुने भयो अब
रौतहटको गरुडा चौकमा वर्षाको पानी जम्ने समस्या अब हराउने भएको छ । गरुडा चौकमा रहेको गरुडा नगरपालिकाको कार्यालय अगाडि वर्षा हुनासाथ पानी जम्ने समस्याले अब निकास पाउने भएको छ । गरुडा नगरपालिकाको कार्यालयनजिकदेखि इलाका प्रहरी कार्यालय गरुडासम्म सधैँ पोखरीजस्तो जम्ने गरेको पानीको निकास हुने भएको हो । नगरपालिकाले सानो पैनी बनाएर पानीको निकास खोलेको हो । यसै गरी केही दिनमा पानीको अल्पकालीन निकासको लागि पाइप लगाइने भएको छ । स्थायी निकासको लागि विस्तारै बलियो र व्यवस्थित नालाको व्यवस्था गर्ने तयारी भएको छ । नगर प्रमुख कन्थमनि प्रसाद कलवारले विशेष निर्देशनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादवले नगरपालिकाको अगाडि पानी जम्ने समस्या समाधान हुने भएको हो ।
Facebook Comment