आनन्द पोलि क्लिनिकमा बढेको छ बिरामीको चाप
खबर पलिका
२०७९ जेठ ३१ गते १९:२६

गरुडा खबरपालिका
रौतहटको गरुडा नगरपालिका ५ शिवनगरमा रहेको आनन्द पोलि क्लिनिकमा बिरामीको चाप अत्यधिक बढेको पाइएको छ । मुख्य गरी नसा रोग तथा पारालाइसिसको उपचार हुने गरेको आनन्द पोलि क्लिनिक शिवनगरमा धेरै टाढाबाट बिरामीहरु पुग्ने गरेका छन् । बिरामीको अत्यधिक चाप रहेकोले क्लिनिकको लोकप्रियता बढेर गएको देखिएको छ । क्लिनिकले राम्रो सेवा दिइरहेको तर बिरामीको अत्यधिक चापले बेड नपाएर बाहिर र अन्य ठाउँमा पनि बिरामी राखेर उपचार भइरहेको क्लिनिकमा भेटिएका बिरामीका आफन्तहरुले बताएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =