खबर पालिका
२०७९ जेठ ३१ गते १९:२६

गरुडा खबरपालिका
इलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता भए पनि कारबाही नभएको पीडितले गुनासो गरेका छन् । रौतहटको गुजरा नगरपालिकामा पीडितको मुद्दा दर्ता भए पनि प्रहरीले कारबाही प्रक्रिया अगाडि नबढाउँदा पीडित झन् मर्कामा परेका छन् ।
गुजरा नगरपालिका ४ का शेख ओसी अख्तरले इलाका प्रहरी कार्यालय विजयपुरमा वडाध्यक्षसहित ६ जनामाथि ज्यान मार्ने उद्योगसम्बन्धी कसुरको मुद्दा दर्ता गराएका भए पनि प्रहरीले कारबाही अगाडि बढाएको छैन ।
प्रहरीले कारबाही अगाडि नबढाउँदा वडाध्यक्ष झम्कप्रसाद चौलागाईँ, शेख जहुर आलम, शेख जफिर आलम, शेख मुजमिल, सेराज भन्ने मतिउर रहमान तथा मुस्तुफा भन्ने शेख उस्तफर खुलेआम घुमिरहेका छन् । ज्यान मार्ने उद्योग गर्नेहरु खुलेआम घुमिरहँदा र प्रहरीले कारबाही नगर्दा पीडित परिवारलाई झन् पीडा भएको बताएका छन् ।
गत स्थानीय चुनावको नतिजा प्रकाशन भएपछि जितको ¥याली निकाल्दा दुई पक्षबिच विवाद भएको र विवादले उग्र रुप लिएको थियो । सोही क्रममा वडाध्यक्ष पक्षधरहरुले बाँसको फराठाले निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट पाँच जना घाइते भएका थिए ।
घाइतेहरुको नाम र विवरणसहित पीडितले आफ्नो घरमा रहेको दुई ओटा मोटरसाइकलमा दुई लाखको क्षति पु¥याएको, घरमा राखेको टेक्टरलाई तोडफोड गरेको, घरको टायल तोडफोड गरेको बताएका छन् । करिब साढे दुई लाखको भौतिक क्षति पुगेको पीडितको भनाइ छ ।
प्रहरीमा मुद्दा दर्ता रहेको तर कुटपिट गर्नेहरु खुलेआम घुमिरहेकाले आफूहरु त्रसित भएको पीडितको भनाइ छ ।
जाहेरी दर्ता भएकाले प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको र कानुनी प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि विनोद घिमिरेले जानकारी गराएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =