विभिन्न पालिकाले धमाधम बजेट अधिवेशनको मिति तोक्दै
गरुडा खबरपालिका
रौतहटको विभिन्न पालिकाले धमाधम बजेट अधिवेशनको मिति तोकिरहेका छन् । गढीमाई नगरपालिकाले असार ८ मा नगर अधिवेशन गर्न लागेको हो । आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन हुने अधिवेशन असार ८ गते बिहान ८ बजे नगरपालिकाको सभाहलमा हुन लागेको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले नगर प्रमुख श्याम प्रसाद यादवको निर्देशन बमोजिम असार ८ गते नगर परिषद आह्वान गरिएको जानकारी गराएका छन् । यसै गरी देवाही गोनाही नगरपालिकाको बजेटसम्बन्धी नगर अधिवेशन असार १० गते शुक्रवार बिहान ११ बजे बोलाइएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार यादवले नगर प्रमुख प्रेमलाल साह कानुको आदेशअनुसार असार १० मा नगरको छैटौँ अधिवेशन देवाही गोनाही नगरपालिकाको नगर सभा कक्षामा बोलाइएको जानकारी गराएका छन् ।
Facebook Comment