खबर पलिका
२०७९ असार २८ गते १९:१५

 

सर्लाही खबरपालिका

सर्लाहीको हरिवनमा एक घरमा आगोले करिब २१ लाख बराबरको क्षति पु¥याएको छ । हरिवन नगरपालिका २ पाकरगाछीका मनहरि मैनालीको काठमो घरमा आगो लाग्दा ठूलो क्षति भएको हो ।

काठको दुई तल्ले घरमा आगो लागेपछि घरका साथै घरभित्र रहेको फर्निचर, लत्ताकपडा, अन्नपात र नगद दुई लाख समेत गरी २० लाख ९५ हजार रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो लागेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट गएको प्रहरीको टोली, स्थानीयबासीको सहयोग र दमकलले आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपि माधव प्रसाद बुढाथोकीले जानकारी गराएका छन् ।

आगोले कुनै मानवीय क्षति नपुगेको प्रहरीको भनाइ छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =