पर्साका साहित्यकार डा. विश्वम्भरकुमार शर्मा रौतहटमा सम्मानित
रौतहट- फाल्गुन १४,
पर्साका साहित्यकार डा. विश्वम्भर शर्मालाई रौतहटमा सम्मानित गरिएको छ । रौतहटको चन्द्रनिगाहपुरमा एक कार्यक्रमबिच डा। शर्मालाई शिव–सावित्री सम्मान २०७९ प्रदान गरिएको छ । बज्जिका भाषाभाषी क्षेत्र सर्लाहीमा जन्मिए पनि डा। शर्मा नेपाली र भोजपुरीमा कलम चलाउँदै आएका छन् । वीगरंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा नेपाली विषय अध्यापनरत डा। शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्रसहित ११ हजार १११ रुपैयाले सम्मानित गरिएको हो ।नेपाली र भोजपुरी भाषामा निरन्तर कलम चलाइरहेका डा। शर्माका सिर्जना, शोध तथा समालोचनात्मक गरी करिब एक दर्जन कृति प्रकाशित छन् । डा। शर्मा लघुकथा समाज नेपालको मधेश प्रदेश अध्यक्ष तथा नारायणी वाङ्मय प्रतिष्ठान वीरगंजका पनि अध्यक्ष रहेका छन् । साहित्यकार डा। शर्माको व्यक्तित्व र कृतित्वका बारेमा रमेशमोहन अधिकारीले प्रकाश पारेका थिए ।सम्मान ग्रहण गर्दै डा। शर्माले आफू सम्मानित हुँदा भाषा र साहित्यको जिम्मेवारी आफूमाथि थपिएको अनुभूति भएको बताएका छन् । हास्यव्यङ्ग्यप्रधान फित्कौली डट कमका प्रधान सम्पादक नरनाथ लुइँटेलले डा। शर्मालाई सम्मानित गर्दै साहित्यलाई अभिव्यक्तिको माध्यम बनाउन उपस्थित सबैलाई आग्रह गरेका छन् । शिव सावित्री प्रतिष्ठान नेपाल र बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको संयुक्त आयोजना भएको कार्यक्रममा मकवानपुर, रौतहट, सर्लाही, रुपन्देही, चितवन, खोटङ, महोत्तरी, बारा लगायतका जिल्लाका साहित्यकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मकवानपुरका राजकुमार लामिछाने, देवराज खरेल, महोत्तरीका नानीराम दहाल, घनश्याम पन्त, नारद काफ्ले, प्रेम घिमिरे, सर्लाहीका पुन्यप्रसाद घिमिरे, कुमार दाहाल कुसुम, राम नारायण चौधरी, सञ्जय सुदामा, लम्बोदर काफ्ले, मीना देवकोटा, सुमित्रा आचार्य, राजेश्वरी काफ्ले, बाराका महम्मद इसहाक हुसेन, खोटाङका पुष्पराज रोइवा, रुपन्देहीका हरि शर्मा, चितवनकी अम्बिका कार्की, रौतहटका सञ्जय साह मित्र, किशुनदयाल श्रीकृष्ण, डा। शालीग्राम शर्मा, संगीता सहनीलगायतले भाषा र साहित्यप्रति धारणा राख्नुका साथै विभिन्न विधाका रचना वाचन गरेका थिए ।
नेपाली र बज्जिका भाषाका रचना वाचन गरिएको कार्यक्रममा उपस्थित साहित्यकारहरुले भाषा र साहित्यको माध्यमबाट जनचेतना जगाउनु पर्ने बताएका छन् । २१ प्रतियोगीले भाग लिएको प्रतियोगिताबाट मीना रसाइली प्रथम, आकृति चौधरी द्वितीय, तेजस्वी गजमेर तृतीय र उत्सव थापाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।प्रतिष्ठानका अध्यक्ष उत्तममोहन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा चन्द्रमोहन अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।
Facebook Comment