सरकारी निकायको वेबसाइट मोबाइलको माध्यमबाट समेत हेर्न सकिने गरी मोबाइल एपको समेत विकास गरिएको छ । अब सबै सरकारी निकायका वेबसाइट र एपको निरन्तर निगरानी गरी जोखिम न्यूनीकरण गर्न सक्ने गरी वेव मोनिटरिङ प्रणाली समेत आजैदेखि सञ्चालनमा ल्याइएको छ ।
सबै सरकारी वेबसाइट अब एउटै स्वरुपमा, प्रणाली आजदेखि सञ्चालनमा
फाल्गुन १६,
अब सबै सरकारी निकायका वेबसाइटहरु एकै स्वरुपमा देखिने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको सूचना प्रविधि विभागले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली विकास गरी सञ्चालनमा ल्याएको छ । जसको शुभारम्भ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी हुन् ।
मन्त्रालयका अनुसार यस प्रणालीको प्रयोग गरी विकास गरिएका मन्त्रालय मातहतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको छ ।
Facebook Comment