मौलापुरको पतौरामा दर्शकलाई झुमाउँदै पवन सिंह र काजल राघवानी
रौतहट समाचारदाता फागुन ६
रौतहटको मौलापुर नगरपालिकाको पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरमा चर्चित भोजपुरी कलाकारहरुको प्रस्तुति भइरहेको छ । महाशिवरात्रीको अवसरमा चौथो पटक मौलापुर नगरपालिकाद्वारा आयोजना गरिएको मधानी महोत्सवको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा भारतीय कलाकारहरुले प्रदर्शन गरिरहेका हुन् । कलाकारहरुको प्रस्तुति तथा प्रदर्शन हेर्न नेपाल र भारतका लाखौँ मानिस पतौरा पुगेका छन् । मधानी महायज्ञमा कलाकारहरुको प्रस्तुति हेर्न बिहारका दर्जनौँ जिल्लाका मानिसहरु आउनुका साथै नेपालको मधेश प्रदेशका करिब सबै जिल्लाका मानिसहरु पुग्ने गर्दछन् । शुक्रवार मधानी महोत्सवको उद्घाटन सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नु भएको थियो ।
Facebook Comment