कटहरिया नगर प्रमुख अजय प्रकाश अचानक अस्पताल भर्ना
खबर पालिका
२०७९ फागुन ९ गते १७:२६

रौतहट- फाल्गुन ९,

रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश साह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि नगर प्रमुख साह अस्पताल भर्ना भएका हुन् । केही दिनदेखि घाँटीमा समस्या देखिएकोले मेडिसिटी अस्पताल काठमाडौँमा परीक्षण गराउँदा भर्ना हुनुपर्ने बताएपछि नगर प्रमुख साह अस्पताल भर्ना भएका हुन् । नगर प्रमुख साहको स्वास्थ्यमा कुनै गम्भीर समस्या नभएको र केही दिनमा नै डिस्चार्ज हुने स्रोतले बताएको छ । नगर प्रमुख साहको स्वास्थ्य सम्बन्धी चिन्ता लिनुपर्ने कुनै विषय नभएको पनि बताइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 16 =