साहित्य पुरस्कार संस्थापक तुलसी जयसवालले गरे मेन पावर कम्पनीको शुभारम्भ
खबर पालिका
२०७९ फागुन १२ गते १९:५१

रौतहट- फाल्गुन १२,

रौतहटको गरुडा नपा ५ शिवनगरमा मेन पावर कम्पनीको शुभारम्भ गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य धर्मनाथ प्रसाद जयसवाल तथा पूर्व नगर उपप्रमुख रंगिलादेवी जयसवालका छोरा तुलसी जयसवालले शिवनगरस्थित नेपाल विद्युत प्राधिकरण कार्यालयको ठिक अगाडि आफ्नै भवनमा शुक्रबारदेखि मेन पावर कम्पनीको शुभारम्भ गरेका ह्न् । रौतहट जिल्लामा पहिलो साहित्यिक पुरस्कारको रुपमा तुलसी साहित्य पुरस्कार उनैको नाममा रहेको छ । तुलसी जयसवाल नै संचालक रहने गरी शिवनगरमा रोजी रिक्रुटमेन्ट सर्विस प्रालिको रौतहट शाखा संचालन गरिएको हो । जिल्लामा पहिलो आधिकारिक मैन पावर कम्पनीको कार्यालय खुलेकोमा जिल्लावासी खुसी भएका छन् ।

एक समारोहबिच समाजसेवी तथा राजनीतिज्ञ महम्मद जमशैदले मैन पावर कम्पनी कार्यालयको उद्घाटन गर्दै रौतहटबाट विदेशमा कामको खोजीमा जाने सर्वसाधारणलाई घरदैलोमा नै सेवा पुग्ने सुविधा भएकोले सबै सर्वसाधारणको लागि खुसीको कुरा भएको बताएका छन् । समाजसेवी जमशैदले रिबन काटेर रौतहटको पहिलो आधिकारिक मेन पावर कम्पनी कार्यालयको उद्घाटन गरेका हुन् ।

होली मिलन समारोह समेत गरिएको कार्यक्रममा प्रदेश साँसद जितेन्द्र यादव सुनिल, कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश साह, वृन्दावन नगरपालिकाका पूर्व नगर प्रमुख राम सिनेही यादव, गरुडा नगरपालिकाकी उपप्रमुख पुनमकुमारी चौधरीसहित विभिन्न प्रतिष्ठित व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रममा समाजसेवी धर्मनाथ प्रसाद जयसवाल र रंगिलादेवी जयसवालले आगन्तुकको भव्य स्वागत गरेका छन् । जिल्लामा आधिकारिक मेन पावर कम्पनीको सुविधा उपलब्ध गराउन पाउँदा आफूहरुलाई खुसी लागेको जयसवालको भनाइ छ ।

संस्थापक तुलसी जयसवालले जिल्लाबाट विदेश जाने सर्वसाधारण निकै ठगिने गरेकामा अब आधिकारिक रुपमा सर्वसुलभ सेवा उपलब्ध गराउने बताउँदै कम्पनीले गर्ने सेवाले सर्वसाधारण पूर्ण सन्तुष्ट हुने बताएका छन् । रौतहट जिल्लाको मध्यभागमा पहिलो मेन पावर कम्पनीको कार्यालय संचालन गरिएकोले जिल्लाभरका सेवाग्राहीलाई सजिलो हुने विश्वास गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 13 =