दुर्गा प्रसाईंको उक्साहटसँग झस्कियो सरकार, बैंकविरूद्ध हुने गलत गतिविधि रोक्न सबै सिडिओलाई चिठी
फाल्गुन १९,
बैंक तथा वित्तीय संस्थाहरु विरूद्ध हुने गलत गतिविधि रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध भइरहेको संगठित आक्रमणको प्रयासपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि चनाखो भएर सुरक्षा प्रबन्ध गर्न र त्यस्तो गतिविधिहरुमाथि निगरानी बढाउन निर्देशन भएको गृह सचिव विनोदप्रसाद सिंहले अनलाइनखबरलाई जानकारी दिए ।
१ फागुनमा विवादस्पद छविका व्यवसायी दुर्गा प्रसाईंले झापामा सभा गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर उनले बैंकका कर्मचारीलाई कालोमोसो दल्ने दस्ता नै तयार भएको बताउँदै २० लाखसम्मको ऋण मिनाहा हुनुपर्ने र बैंकमा कार्यरत कर्मचारीलाई च्याप्प समातेर कालोमोसो दल्ने चेतावनी दिएका थिए ।
Facebook Comment