होलीमा इच्छा बिपरीत रंग नदल्न जिल्ला प्रशासन कार्यालय रौतहटको अनुरोध
रौतहट- फाल्गुन २०,
होलीमा इच्छा विपरीत कसैलाई जबर्जस्ती रंग नदल्न जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको छ । होली पर्वमा आपसी सद्भाव कायम रहोस् भनी जिल्ला प्रशासन कार्यालय रौतहटले रंगको पर्वको शुभकामना दिएको छ । होलीको बहानामा जबरजस्ती रंग दल्ने, हानिकारक बस्तु अथवा, रंगको प्रयोग, प्लास्टिकजन्य लोला प्रयोग गर्ने, बाटो हिड्ने जो कोही व्यक्तिलाई रंग लगाउने जस्ता कार्य नगर्न रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले विज्ञप्ति मार्फत अनुरोध गरेका छन् । कसैको इच्छा बिपरित होलि दले, लोला हाने कानुन अनुसार कार्वाही हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
नेपालीहरुको साझा पर्व होलीलाई सभ्य, शिष्ट र मर्यादित रुपमा मनाउन हुन तथा कसैको ईच्छा बिपरीत होली नखेली, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, बिना हेल्मेट मोटरसाइकल नचलाउन, क्षमता भन्दा बढी मानिस नबोक्न, तिब्र गतिमा सवारी नचलाउन, यात्रीसंग बढी भाडा नलिन, सवारीका कागजपत्र साथमा राख्न अनुरोध गरेको छ । आफु पनि बचौ अरुलाई पनि बचाऔ, ट्राफिक नियमको पालना गरौ भन्ने सन्देश दिदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
Facebook Comment