जावलाखेललाई हराउँदै लिगमा फ्रेन्ड्स क्लबको पहिलो जित
खबर पालिका
२०७९ फागुन ३० गते १७:२१

फाल्गुन ३०,

शहीद स्मारक ए डिभिजन लिगमा अपराजित रहेको जावलाखेल युथ क्लबलाई २–१ ले हराउँदै फ्रेन्ड्स क्लबले पहिलो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा फ्रेन्ड्स क्लबका लागि राफिक अमिनुले खेलको १९ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका हुन् ।

त्यस्तै, कप्तान प्रकाश बुढाथोकीले ४० औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाएका थिए ।

२–० ले पछि परेको खेलको ८७ औं मिनेटमा जावलाखेलका फोडे फोफनाले पेनाल्टी मार्फत गोल गर्दै खेल २–१ को स्थितिमा पु¥याएका थिए ।

पहिलो गोल फर्काएपछि आक्रमक बने पनि जाउलाखेलले अर्को गोल थप्न सकेन र जारी लिगमा पहिलो पराजय भोग्यो ।

यसअघिका २ खेलमा हार र १ खेल बराबरी गरेको फ्रेन्ड्सको यो पहिलो जित हो ।

साभार अनलाईन खबर




Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =