आइसिसी विश्वकप लिग २: पिएनजीलाई यूएईले हरायो
चैत्र १,
आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत पपुवा न्युगिनी पिएनजीलाई यूएईले हराएको छ।
श्रृखलाको अन्तिम खेल खेलेको पिएनजी यूएईसंग ६ विकेटले हार्न पुगेको हो ।कीर्तिपुर क्रिकेट मैदानमा सम्पन्न यो खेलमा जितको लागि २३५ रन पछ्याएको यूएईले ३८ ओभर ४ बलमा४ विकेट गुमाएर पुरा गर्यो ।
युएईका कप्तान मोहम्मद वासिमले आइसिसी विश्वकप लिग(२ अन्तर्गत पपुवा न्युगिनीविरुद्ध ६० बलमा शतक हान्दै इतिहास रचे । वासिमले ६० बलमा ४ चौका र ११ छक्कासहित आफ्नो एकदिवसीय करिअरको पहिलो शतक पूरा गरे । समग्रमा वासिमले ७६ वलमा ६ चौका र १२ छक्कासहित ११९ रन बनाएका हुन । त्यसैगरी यूएईका रिजवान २९ तथा अफजल खानको २७ रन महत्वपूर्ण रह्यो ।
पिएनजीका लागि हुकुरेले २ तथा मोरियाले १ विकेट लिए । यो हारसंगै पिएनजी ३६ खेलमा ५ मा जित र ३० मा हारसहित ११ अंकका साथ तालिकाको पुछारमा रहयो ।
भोलि यूएईले अन्तिम खेल नेपालसंग खेल्नेछ । भोलि नेपालले यूएईलाई हराए सोझै विश्वकप छनौट खेलका लागि छानिने छ । नेपालले ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंक पाएको छ । तेश्रो स्थानमा रहेको ओमानले ३६ खेलबाट ३९ अंक पाएको छ । पराजित भएमा वा कुनै कारण अंक बाँड्नु परेमा भने नेपाले क्वालिफायर खेल्नुपर्ने हुन्छ ।
यस अघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पिएनजीले ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएको हो । पिएजजीका लागि सबै भन्दा वढि कप्तान आसाद भालाले ९२ बलमा ६ चौक्का र १ छक्कासंगै ६५ रन बनाए । त्यसैगरी नोरम्यान भनुडाले ३१ बलमा १ चौक्का र ५ छक्कासंगै ४९ रनको योगदान दिए । त्यसैगरी रिले हुकुरेले ३३ केप्लीनले २४ रन बनाए। यूएईका लागि हजरात विलालले १० ओभरमा १ मेडन ओभर फाल्दै २० रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए ।त्यसैगरी रोहन मुस्ताफा र जवार फारदले एक एक विकेट लिए।
साभार नागरिक न्यूज
Facebook Comment