अफगानिस्तान : रमजानमा गीत बजाएपछि महिलाद्वारा सञ्चालित रेडियो स्टेशन बन्द
खबर पालिका
२०७९ चैत १९ गते १८:००

चैत्र १९,

अफगानिस्तानको उत्तर–पूर्वमा रहेको रेडियो स्टेशन तालिबान प्रशासनले बन्द गराएको छ । महिलाद्वारा सञ्चालित रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिबानका एक अधिकरीले बताएका छन् ।

दश वर्षअघि प्रारम्भ गरिएको ‘सादाई बानोवान’ अर्थात् महिलाको आवाज रेडियो स्टेशनमा आठ जना कर्मचारीमध्ये छ जना महिला कार्यरत थिए ।

बदख्शान प्रान्तका सूचना तगा संस्कृति निर्देशक मोइजुद्दिन अहमदीले रमजानको समयमा गीत–सङ्गीत प्रसारण गरेर इस्लामिक कानुनको उल्लङ्घन गरेकाले प्रसारण बन्द गरिएको बताउनुभएकाे छ । भविष्यमा पुनः कानुनको उल्लङ्घन नगर्ने प्रतिबद्धता व्यक्त भएमा प्रसारणको अनुमति दिइने पनि उहाँले बताउनुभएकाे छ ।

साभार उज्यालो अनलाईन




Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =