सबै किसिमको सावधानी अपनाउन जिप्रका रौतहटको अनुरोध
रौतहट, चैत २७
रौतहटमा दिनहु आगलागीका घटना बढेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले सबै किसिमको सावधानी अपनाउन अनुरोध गरेको छ ।
जिल्लामा दिनानुदिन आगलागीका घटना बढ्दै गइरहेकोले गाउँघरमा खाना पकाउने निश्चित समय तोक्ने, खाना पकाउँदा सावधानी अपनाउने, गोठहरुमा लामखुट्टे धमाउनको लागि बालिने आगो, मच्छरधुप लगायत कुनै पनि प्रकारले आगो बाल्दा निगरानी गर्ने, साथै आगलागीबाट हुन सक्ने धनजनको क्षतिबाट जोगाउने सन्देश फैलाउन जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको छ ।
सोमवार जिल्ला प्रशासन कार्यालय रौतहटले सबैलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो ।
रौतहटमा एक हप्तामा करिब एक दर्जन ठाउँमा ठूलादेखि साना आगलागीका घटना भइसकेका छन् । जिल्लामा आगलागीको घटना बढेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले आगलागीबाट जोगिन सबै किसिमको सावधानी अपनाउन अनुरोध गरेको हो ।
आइतवार माधवनारायण नगरपालिका ४ मानपुरमा भएको भीषण आगलागीपछि जिल्लाको सरकारी संयन्त्र क्रियाशील भएको छ ।
Facebook Comment