कनकपुरमा सम्पन्न भयो शैक्षिक अन्तरक्रिया
गरुडा, जेठ १५
रौतहटको गुजरा नगरपालिका ४ कनकपुरस्थित श्री माध्यमिक विद्यालयमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा शैक्षिक अन्तरक्रिया सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेख सैनुल्लाहको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख सन्तलाल चौधरीको प्रमुख आतिथ्य रहेको थियो ।
शैक्षिक समस्या तथा समाधानका उपायहरु विषयमा गरिएको अन्तरक्रियामा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडा कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरे तथा चितवनको भरतपुरमा रहेको नारायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्ण दवाडी विशिष्ट अतिथिको रहेका थिए ।
कार्यक्रममा जय किसान बहुमुखी क्याम्पस धरहरीका क्याम्पस प्रमुख राजकिशोर यादव, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका अध्यक्ष धर्मेन्द्रकुमार सिंह, नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल राय यादव, शंकर गुदर माध्यमिक विद्यालय समनपुरका पूर्व प्रअ शिवचन्द्र साह, सुबलाल माध्यमिक विद्यालय सन्तपुरका पूर्व प्रअ सुरेन्द्र प्रसाद सिंह, नेपाल शिक्षक संघ रौतहटका पूर्व अध्यक्ष तथा प्रअ सुदामा राय यादव, सुरेन्द्र राय यादव, शिक्षक फोरम नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा पूर्व प्रअ विश्वनाथ राउत, मावि सिमरा भवानीपुरका पूर्व प्रअ रामेश्वर चौधरी, गुजरा नगरपालिकाको शिक्षा शाखा प्रमुख शिवमंगल साहसमेतले अन्तरक्रियामा भाग लिएको कार्यक्रममा उपस्थित सबैलाई मावि कनकपुरका प्रअ मनोजकुमार यादवले स्वागत गरेका थिए ।
गणतन्त्र दिवसको अवसर पारेर कनकपुर माविको विव्यसका पूर्व अध्यक्ष साबिर हुसेनको आर्थिक सहयोगमा भएको वक्तृत्वकला कार्यक्रममा नगरपालिका क्षेत्रभित्रका सबै माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
Facebook Comment