रौतहटको गेडहीगुठीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
गरुडा, जेठ १८
रौतहटको गरुडा नगरपािलका २ गेडहीगुठीमा सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सम्पन्न भएको छ ।
वैदेशिक रोजगारमा रहेका मानिसहरुको परिवारका लागि दिइने मनोसामाजिक परामर्श तथा वित्तीय साक्षरता कार्यक्रमले सम्बन्धित सहभागीलाई बैंकिंग कारोबार गर्ने सम्बन्धमा आधारभूत ज्ञान प्राप्त भएको र सेवाग्राहीलाई फाइदा पुग्ने विश्वास आफूले लिएको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले बताएका छन् ।
तालिम प्राप्त गरेपछि सानो सानो बचत गरेर बचत भएको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी आय आर्जनको स्रोत बढाउन सकिने नगर प्रमुख कलवारले बताएका छन् ।
उक्त अवसरमा वडा नम्बर २ का वडाध्यक्ष कृष्णनन्दन सहनीको पनि सहभागिता रहेको थियो ।
Facebook Comment