मावि पिपरियालाई १७ लाख
खबर पालिका
२०८० जेठ १८ गते १९:५०

गरुडा, जेठ १८
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ७ मा रहेको श्री माध्यमिक विद्यालय पिपरिया दोस्तियालाई गरुडा नगरपालिकाले १७ लाख रुपैया दिने भएको छ । विहीवार नगर प्रमुख कन्थमनि प्रसाद कलवारसहितको टोलीले विद्यालयको स्थलगत अनुगमन निरीक्षण गर्ने क्रममा एउटा भवनको छाना तत्काल बदल्नुपर्ने देखिएएको, विद्यालयमा लगाइएको पर्खामा प्लास्टर गराउनुपर्ने तथा शौचालयलाई व्यवस्थित गर्नुपर्ने भएकोले तत्काल १८ लाख रुपैया दिने घोषणा गरेका छन् ।
विद्यालयमा देखिएका अन्य समस्याको विषयमा पनि नगर प्रमुख कलवारले सम्बन्धित पक्षसित छलफल गरेका छन् । विद्यालयमा देखिएको शैक्षिक तथा भौतिक समस्या समाधानका लागि नगरपालिकाले निरन्तर सकारात्मक सहयोग र पहल गर्ने प्रतिबद्धता पनि नगर प्रमुख कलवारले जनाएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =