गरुडा नगरपालिकाले पनि ग¥यो एक हप्ता विद्यालय बन्द
गरुडा, जेठ १९
अत्यधिक गर्मी बढेपछि गरुडा नगरपालिकाले पनि एक हप्ताको लागि गर्मी विदा दिएको छ । नगरपालिकाको शिक्षा शाखाले शुक्रवार एक सूचना जारी गर्दै आइतवारदेखि अर्को शुक्रवारसम्म एक हप्ता गर्मी विदा दिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई गौरको परिपत्र अनुसार अत्यधिक गर्मीका कारण विद्यालयहरुको पठनपाठनमा प्रतिकुल असर परिरहेको र कतिपय बालबालिका मुर्छित समेत पर्ने भएकाले वर्षे विदाबाट कट्टा ह्ुने गरी जेठ २१ गते आइतवारदेखि जेठ २६ गते शुक्रवारसम्म गरुडा नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पठनपाठन कार्य बन्द रहने जनाएको छ ।
यसअघि विहीवार नै चन्द्रनिगाहपुर, गौर, मौलापुरलगायतका नगरपालिकाहरुले एक हप्ता विद्यालय बन्द गर्ने सूचना निकालिसकेको छ ।
अत्यधिक गर्मी बढेसँगै जिल्लाको समग्र जनजीवन प्रभावित भएको छ ।
Facebook Comment