महासंघलाई सक्रिय पत्रकारको संस्था बनाउँदै छु ः केन्द्रीय अध्यक्ष पोखरेल
खबर पालिका
२०८० जेठ २० गते १५:४२

गरुडा, जेठ २०
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाल पत्रकार महासंघलाई सक्रिय पत्रकारहरुको संस्था बनाउन खोजेको बताएका छन् । केन््रद्रीय अध्यक्ष पोखरेलले महासंघको जिल्ला शाखा स्थापनामा विभिन्न क्षेत्रका मानिसहरुको सहयोग रहेको भए पनि अहिले सक्रिय संचारकर्मीको संस्था बनाउनमा जोड दिइएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाद्वारा गरुडामा आयोजित मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार राससका अध्यक्ष धर्मेन्द्र झालाई हस्तान्तरण गर्दै पोखरेलले देशभर शुद्धिकरणको अभियान चलाइएको जानकारी गराएका छन् । पत्रकारिता क्षेत्रमा सक्रिय नरहेकालाई शुद्धिकरण अभियानमा सहभागी हुन पोखरेलले आह्वान गरेका छन् ।
कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले रौतहटको पत्रकारितामा मनोज चौधरीको योगदान महत्वपूर्ण रहेको बताउँदै पुरस्कृत प्रतिभालाई बधाई दिएका छन् ।
रौतहटका सक्रिय पत्रकार मनोज चौधरी कोरोनाको कारण देहान्त भएको थियो । चौधरीको निधन भएपछि नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्वास्थ्यको क्षेत्रमा कलम चलाउने एक सक्रिय पत्रकारलाई दिने गरी पत्रकारिता पुरुस्कारको स्थापना गरेको थियो । पुरस्कारको पहिलो संस्करण गोरखापत्रकर्मी तथा नेपाल पत्रकार महासंघ रौतहट शाखाका संस्थापक अध्यक्ष कुमार विवेकानन्द मिश्रलाई प्रदान गरिएको थियो ।
पुरस्कार ग्रहण गर्दै रासस अध्यक्ष झाले पत्रकारितालाई आचरणको रुपमा लिनुपर्ने बताएका छन् ।
शाखा अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारिता क्षेत्रसित सम्बन्धित विभिन्न संघसंस्थाको प्रतिनिधिकाका साथै मनोज चौधरीकी धर्मपत्नी तथा गरुडा नगरपालिका उपप्रमुख पुनमकुमारी चौधरीको उपस्थिति रहेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =