बोलेरोबाट २१ बोरा अवैध चिनी बरामद
खबर पालिका
२०८० जेठ २२ गते २१:४३

मदन ठाकुर
रौतहट, जेठ २२
सर्लाही प्रहरीले २१ बोरा अवैध चिनी बरामद गरेको छ । सोमवार दिउँसो सर्लाहीको बसबरिया गाउँपालिका ४ गोनर्वाबाट प्रहरीले चिनी बरामद गरेको हो ।
दक्षिणबाट उत्तरतिर जाँदै गरेको बिआ ०६ पिए ७८७१ नम्बरको टाटा सुमो गोल्ड गाडीलाई रोकेर चेकजाँच गर्दा अवैध रुपमा भन्सार छली ल्याएको करिब ७५ हजार रुपैया बराबरको अबैध भारतीय चिनी बरामद भएको छ ।
गाडी र चिनीसहित चालक सर्लाहीको कबिलासी नगरपालिका ७ गैरका ४४ वर्षीय राम सुदिल राय र गाडीमा सबार २६ वर्षीय सुनिल यादवलाई समेत नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान सुरु गरेको छ । गाडी, चिनी तथा पक्राउ परेका दुवै जनालाई बरहथवा इलाका प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । (नागरिक न्युजबाट साभार)




Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 4 =